समस्त विदेशी महानुभावहरू, हाकेन् स्टाफ (खटाएको कामदार) स्वरूप काम गर्ने हैन त?
भाषा
TSK मा, विदेशी हाकेन् स्टाफ (खटाएको कामदार) को माग गरिएको छ।
आवेदन योग्यता पुगेका व्यक्ति भएमा, जसले पनि आवेदन दिन मिल्छ।
अनुभव नभएको व्यक्तिलाई पनि हार्दिक स्वागत छ, पहिलो चोटि जापानमा काम गर्दै हुनुहुन्छ भने पनि, म्यानर या रूल सिकाउने तालिम दिइने हुनाले ढुक्क हुनुहोस्। यहाँहरूको आवेदन पर्खिरहेका छौँ।

आवेदन योग्यता
- भिसा:ऱ्यूगाकु (प्रवास अध्ययन) भिसा, फ्यामलि भिसा, एइज्यु (स्थायी बसोबास) भिसा, तेइज्यु (लामो समयको बसोबास) भिसा, श्रम भिसा (स्थायी कर्मचारी भए राम्रो) प्राप्त गरेको व्यक्ति
- उमेर:18 वर्ष वा सो भन्दा माथिको व्यक्ति
- भिसा अवधि:3 महिना भन्दा वा सो भन्दा बढी भएमा OK
स्थायी कर्मचारी
TSK मा, विदेशी हाकेन् स्थायी कर्मचारी पनि माग गरिएको छ। सेल्स गतिविधि या विदेशी हाकेन् स्टाफ (खटाएको कामदार)लाई सपोर्ट दिने, तथा अन्य जिम्मेवारी वहन गर्नुपर्ने हुन्छ।
श्रम भिसा प्राप्त नगरेको व्यक्तिले, परामर्श लिन सक्नुहुनेछ। विस्तृत जानकारीको लागि सोधपुछ गर्नुहोला।
आवश्यक कागजात
- ・पासपोर्ट
- ・बसोबास (जाइऱ्यू) कार्ड
- ・बसोबास पत्र(ज्युमिन ह्योउ)
- ・बैङ्क पासबुकको प्रतिलिपि
- ・अध्ययनरत रहेको प्रमाण स्वरूपको कार्ड / विद्यार्थी परिचय पत्र (विद्यार्थीको लागि)
तलब
क्लाइन्ट अनुसार फरक हुन्छ।
※वेतन पूर्वभुगतान संग।
※वेतन रकम अनुभव र वर्षको आधारमा फरक फरक हुन्छ।
कल्याण कोष
TSK ले, श्रम मानक ऐनमा आधारित रही, स्वास्थ्य बिमा शुल्क, हेरविचार बिमा शुल्क, कर्मचारी पेन्सन बिमा शुल्क, श्रम बिमा शुल्कको वहन गर्दछ।
रोजगार हुने बेला सम्मको प्रवाह
रोजगार हुने बेला सम्मको प्रवाह निम्न अनुसार हुन्छ। आवेदन दिने व्यक्तिले अन्तर्वार्ताको समय लिइराख्नुहोला।


काम गर्ने तरिका
लिडरबाट निर्देशन प्राप्त गरेर खटिने ठाउँ तर्फ लाग्ने
कार्यस्थल निर्धारण भएपछि स्टाफले, लिडरबाट निर्देशन प्राप्त गरेर, उक्त काम गर्ने ठाउँ (कम्पनी) मा काम गर्ने। खटाइएको कम्पनीको आ-आफ्नो नियम अनुसार काम गर्ने।

एक जना विदेशी लिडरको परिचय
- राष्ट्रियता
- नेपाली
- नाम
- Prabal Gauchan
- उमेर
- 33 वर्ष
- सौख
- फुटबल हेर्ने
- फुजिसिन् कोउग्योउ कं.लि. मा प्रवेश गरेको कारण
- जापानको भोकेसनल विद्यालय पास भएपछि रोजगारी गतिविधि गरिरहेको समयमा साथीले परिचय गराइदिएको।
अनि, यस कम्पनी बारेको वर्णनमा, धेरै राम्रो कुरा सुनेकाले यस कम्पनीमा प्रवेश गर्ने निर्णय गरेँ। - काम गर्दा ध्यान पुऱ्याइरहेको कुरा
- अभिवादन कामको आधार हो। नियम पालना गरेर हाकिमले भनेको कुराहरू राम्ररी सुन्ने गरेको छु। साथै, हाकिमले भनेपछि मात्र काम गर्ने नभएर, गर्नुपर्ने काम आफूले विचार गरेर काम गर्ने गरेको छु।
- समस्त विदेशी महानुभावहरूमा
- कोन्निचिवा (नमस्ते), गौचन हुँ। (Prabal Gauchan)
अहिले जापानमा विदेशी ह्वात्तै बढेका छन्, जुन कम्पनीमा पनि विदेशी छन् जस्तो लाग्छ। अबका दिनमा पनि विभिन्न कम्पनीहरूमा विदेशी श्रमिकहरू बढ्दै जान्छन् जस्तो लाग्छ। सँगसँगै काम गरौँ। कृपया साथ दिनुहोला।

तालिम बारेमा
हाकेन् स्टाफ (खटाएको कामदार) मा दर्ता भएको स्टाफले, TSK ओरिजिनल “क्यारियर सपोर्ट प्रोग्राम” अन्तर्गत, बिजिनेस म्यानर, सुरक्षाका उपायहरू, निषेधित कुराहरू आदि सिक्न सक्छन्।
विदेशीले जापानमा ढुक्क भएर काम गर्न सक्ने गरी राम्रोसँग, सपोर्ट गर्दछौँ।

हाकेन् अर्थात खटाएको ठाउँमा गरिने काम बारेमा
TSK मा, विदेशी हाकेन् बाट मुख्यतया, तलको हाकेन् कार्यहरू गर्ने गरिएको छ।
“कारखाना (खानेकुरा) आदिको काम” या, “समग्र पूर्व तयारी अर्थात सिकोमि”, “उत्पादन लाइनमा सामान चढाउने” , “सामान निरीक्षण गर्ने वा छुट्याउने”, “नाइट सिफ्ट विभाग”, “सामान प्रेषण(ढुवानी)” आदि। सङ्कोच नमानिकन सम्पर्क गर्नुहोला।
आवेदन बारेमा
विदेशी हाकेन् कर्मचारी मागको आवेदन, तलको बटनबाट गर्नुहोला। मेलमा नामथर, हाकेन् कर्मचारी मागको आवेदन बारेमा सोधपुछ गर्न चाहेको विषयवस्तुहरू वर्णन गरी, ईमेल पठाउनुहोस्।